PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

चार दिनदेखि पल शाह खोज्दै प्रहरी, सोधपुछको लागि निर्देशक थापा प्रहरीमा



पहिलोपोस्ट

चार दिनदेखि पल शाह खोज्दै प्रहरी, सोधपुछको लागि  निर्देशक थापा प्रहरीमा

काठमाडौंः चारदिन देखि प्रहरीले फरार सूचीमा रहेका कलाकार पूर्ण विक्रम शाह (पल शाह)लाई खोजी गरिरहेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले नै सर्कुलर जारी गरेर पललाई पक्राउ गर्ने आफ्ना मातहतका कार्यालयलाई निर्देशन दिइसकेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं देखि केन्द्रीय अनुसन्धान व्यूरो ( सिआइबी) समेत खोजीमा लागेको छ।

अहिले प्रहरीले पलसँग नजिक भएका मानिससँग सोधपुछ गरिरहेको छ। पल अभिनित चलचिल 'म यस्तो गित गाउँछु २' का निर्देशक सुदर्शन थापासँग पनि प्रहरीले सोधपुछ गरेको छ। आज बिहान एक टेलिभिजनमा अन्तर्वार्ता दिन पुगेका थापालाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा बोलाएर सोधपुछ गरेको हो।

'उहाँको नजिकका मानिससँग सोधपुछ गरिरहेका छौं। त्यही क्रममा उहाँलाई पनि बोलाएर सोधेका हौं। पक्राउ गरेको होइन,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले भने।

एक बालिकालाई 'प्रेम'को नाममा यौन दुर्व्यवहार गरेको उजुरी परेपछि कलाकार शाह फरार छन्। जिल्ला प्रहरी कार्यालय तनहुँमा उनीविरुद्ध जवर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरी परेको छ। बुधवार शाहमाथि उजुरी दर्ता भएपछि प्रहरीले पललाई खोजे पनि फेला पारिसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell