PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

ओलीले नेपाललाई ‘इण्डो प्यासेफिक’ रणनीतिको अंग बनाएको माधव नेपालको आरोप



पहिलोपोस्ट

ओलीले नेपाललाई ‘इण्डो प्यासेफिक’ रणनीतिको अंग बनाएको माधव नेपालको आरोप

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई ‘इण्डो प्यासेफिक’ रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको तर आफूहरुले बचाएको दावी समेत गरे।

‘एमसीसी कहाँकहाँ जोडिएको छ त ? यो इण्डो प्यासेफिक अंग बनाएर आएको छ। यो अंग बनायो कसले? त्यही बामपन्थी भनिने केपी ओलीको आफ्नै मन्त्री प्रदिप ज्ञवालीले गएर नेपाललाई इण्डो प्यासेफिक रणनीतिको अंग बनाउने कागजमा सही गरेर आए। त्यसपछि नेपाल त्यसको अंग बन्यो,’उनले भने, ‘केपी ओलीले सिध्याई सकेका थिए, नेपाललाई इण्डो प्यासेफिक अंग बनाउनका लागि। त्यो मान्छेको दिमागमा अहिले पनि झल्झल्ती छ। केपी आएपछि त फेरी सिध्याई दिन्छन।’

नेपालले एमाले अध्यक्ष ओलीलाई ‘नेपाली राजनीतिको घाँडो’को संज्ञा दिँदै आफूसहित १४ जना र सभामुख अग्निप्रसाद सापकोटा सिध्याउन ओली लागेको आरोप समेत लगाए।

‘कस्तो अपराधपूर्ण चिन्तन? अनि यस्ता चिन्तन राख्ने मानिसहरु पानी मुनि लुकेर बसेका छन भने पनि सिध्याउछु भनेर कराउँछन। यस्ता खालका तत्वहरु नेपाली समाजमा, राजनीतिमा कहाँबाट आए? घाँडो भईदिए। यस्ता घाँडोको विरुद्धमा हातेमालो गर्दै अगाडि बढन सक्ने हो भने मात्रै नेपाल सुरक्षित हुन सक्छ’ नेपालले भने।

नेपालले यथास्थितिमा एमसीसी संसदबाट पारित गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell