PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

खोपमा सबैको पहुँच पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको आह्वान



पहिलोपोस्ट

खोपमा सबैको पहुँच पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको आह्वान

काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्काले कोरोना भाइरस महामारीलाई साझा विश्वव्यापी समस्याका रूपमा स्वीकार गर्दै खोपमा सबैको पहुँच पुर्‍याउन आह्वान गरेका छन्। संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्षले विश्वव्यापी खोपसम्बन्धमा आयोजना गरेको उच्चस्तरीय बहसलाई भर्चुअल्ली सम्बोधन गर्दै खोपलाई सस्तो बनाउन सुदृढ प्रयासका निम्ति समेत खड्काले आह्वान गरेका हुन्।

खड्काले महामारीको रोकथामका लागि विश्वव्यापी खोप नै भरपर्दो माध्यम भएको बताएका छन्।

नेपालमा खोपमा भएको प्रगतिबारे जानकारी दिँदै उनले आगामी चैत मसान्तसम्म १२ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य निर्धारण गरिएको बताए। उनले नेपाललाई खोप उपलब्ध गराउने उदार सहयोगका लागि छिमेकी र अन्य मित्रराष्ट्र, विकास साझेदार र गाभी कोभ्याक्सप्रति हार्दिक आभार व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell