PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

मोटरसाइकल दुर्घटनामा घाइते वडा अध्यक्षको मृत्यु भएपछि छिन्चु सडकखण्ड अवरुद्ध गर्दै स्थानीयको प्रदर्शन



पहिलोपोस्ट

मोटरसाइकल दुर्घटनामा घाइते वडा अध्यक्षको मृत्यु भएपछि छिन्चु सडकखण्ड अवरुद्ध गर्दै स्थानीयको प्रदर्शन

सुर्खेत : मोटरसाइकल दुर्घटनामा घाईते भएका वडाध्यक्षको मृत्युपछि स्थानीयले रत्न राजमार्ग अन्तर्गत छिन्चु सडक खण्ड अवरुद्ध गरेका छन्। भेरीगंगा नगरपालिका १ का वडा अध्यक्ष नवराज कार्कीको उपचारको क्रममा शनिवार मृत्यु भएपछि स्थानीयले बिहानैदेखि राजमार्ग अन्तर्गत छिन्चु बजार र सडक बन्द गरेर प्रदर्शन गरेका हुन्।

फागुन ८ गते वडा अध्यक्ष कार्की सवार भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई नेपालगञ्जजाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले छिन्चुमा ठक्कर दिएको थियो। घाईते वडा अध्यक्ष कार्कीलाई प्रदेश अस्पतालमा उपचार सम्भव नभए पछि काठमाण्डौंको न्युरो अस्पतालमा लगिएको थियो। उपचारका क्रममा कार्कीको शनिवार मृत्यु भएको हो।

मोटरसाईकललाई ठक्कर दिने दोषीलाई कारवाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, हालसम्मको उपचार खर्च बेहोर्नुपर्ने लगाएतका माग राख्दै स्थानीयले राजमार्ग र बजार बन्दअवरुद्ध गरेको छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामप्रसाद घर्तीका अनुसार रत्न राजमार्ग छिन्चु आसपासमा सडकअवरुद्ध गरेर स्थानीयले प्रदर्शन गरिरहेका छन्। ठक्कर दिने गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएरआवश्यक अनुसन्धान गरिरहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell