PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

मोहन मैनालीको 'आकाशमुखी' सार्वजनिक



पहिलोपोस्ट

मोहन मैनालीको 'आकाशमुखी' सार्वजनिक

काठमाडौं : पत्रकार तथा पत्रकारिताका प्रशिक्षक मोहन मैनालीले अनुवाद गरेका विश्वका चर्चित निवन्धहरुको संग्रह आकाशमुखी सार्वजनिक भएको छ।

बुक हिल पब्लिकेसन्स प्रालि प्रकाशित गरेको पुस्तकमा बुकर टी. वाशिङ्टन, जर्ज बर्नाड शअ, सर रिचर्ड लिभिङस्टोन, सर फ्रान्सिस एडवार्ड योङहस्बेन्ड, भर्जिनिया ऊल्फ, साइभिय द मेस्थ्र, बेन जोन्सन, अल्दस हक्स्ले, फ्रान्सिस बेकन, रिस्तो मेनेस्की र जे. बी. एस हल्देनका निवन्ध संग्रहित छन्।

पहिलो र दोस्रो विश्वयुद्धको बिचका चर्चित लेखकको निबन्ध समावेश रहेकाले नेपाली पाठकहरुका लागि राम्रो खुराक हुने राजनीतिक विश्लेषक हरि शर्माले बताए। पुस्तक विमोचन समारोहमा बोल्दै शर्माले अनुवाद भए पनि मोहन मैनालीको लेखन शिल्पीका कारण पुस्तकलाई 'अनुवाद'मात्र मान्न नसकिने बताए। ती निवन्धनकारलाई नेपालीमा मैनालीले परिमार्जित गरेर सहज बनाएको शर्माको टिप्पणी थियो।

लेखक सगुना शाहले पुस्तकको शीर्षक आकाशमुखीमाथि प्रकाश पार्दै बृहत सोच र दृष्टिकोणलाई सहज रुपमा रुपान्तरित रुपमा निवन्ध संग्रह आएको बताइन्। पुस्तक प्रकाशन असहज अवस्थाबाट गुज्रिएको बताउँदै प्रकाशक संस्थाका भुपेन्द्र खड्काले बजारको अवस्था हेरेर कम मूल्यमा नै आकाशमुखी बजारमा ल्याइएको बताए। निवन्ध संग्रहको मूल्य ३ सय ३३ राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell