PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

परीक्षण गरिएकोमध्ये ३ प्रतिशतमा कोभिड १९ संक्रमण, सक्रिय संक्रमित पनि घट्दो



पहिलोपोस्ट

परीक्षण गरिएकोमध्ये ३ प्रतिशतमा कोभिड १९ संक्रमण, सक्रिय संक्रमित पनि घट्दो

काठमाडौं : कोभिड १९ का थप १ सय ५५ संक्रमित पहिचान भएको छ। ५ हजार १ सय ५२ जनाको परीक्षण गर्दा ३ प्रतिशतमा संक्रमण देखिएको हो।

यससँगै संक्रिय संक्रमितको संख्या पनि ओरालो लागेको छ। नेपालमा ८ हजार ८ सय ३९ संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा ५ सय ४० जना संक्रमणमुक्त भएका छन्। यस अवधिमा २ जनाको संक्रमणकै बिच मृत्यु भएको मन्त्रालयले जनाएको छ। यस अवधिमा कोभिड १९ विरुद्धको खोप लगाउनेको संख्या १ लाख २९ हजार १ सय १९ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell