PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कांग्रेसको वीरगंज नगर सभापतिमा कसले मार्ला बाजी ?



राधेश्याम पटेल

कांग्रेसको वीरगंज नगर सभापतिमा कसले मार्ला बाजी ?

वीरगंज : मधेश प्रदेशको एक मात्र महानगर वीरगंज महानगरमा नेपाली कांग्रेसको नगर अधिवेशन भइरहेको छ। १४ औं महाधिवेशन अन्तर्गत पर्सामा भइरहेको गाउँ /नगर अधिवेशन अन्तर्गत वीरगंज नगरको अधिवेशनको प्रक्रिया शुक्रवार देखि सुरु भएको हो।

हिजो उम्मेदवारी दर्ता र दावी विरोधको समय तालिका थियो भने आज शनिवार विहान ११ बजेदेखि दिउँसो ३ बजे सम्म मतदान कार्यतालिका थियो। अहिले मतदानको समय दुई घण्टा थप गरिएको छ।  नगर सभापतिको चुनावमा वीरगंज महानगरको ३२ वटा वडाबाट गरि कुल ५६८ जना मतदाता रहेका छन्। निर्वाचनले सभापतिसहित १६७ सदस्य नयाँ कार्यसमिति चयन गर्नेछ। वीरगंजको आदर्शनगरस्थित बालमन्दिर परिसरमा मतदान भइरहेको छ।

कांग्रेसको तीन वटा समूहबाट तीन वटा प्यानल चुनावमा प्रतिस्पर्धामा छन्। नगर सभापतिका लागि दिपेन्द्र चौहान, राधेश्याम चौरसीया र मणिन्द्रलाल श्रेष्ठ(नेपाली) गरि ३ जनाको उम्मेदवारी परेको छ।

चौरसीया नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य हुन, चौहान नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव र श्रेष्ठ नेपाल विद्यार्थी संघ पर्साका पूर्वसभापति हुन्।

चौरसीयाको प्यानलबाट उपसभापतिमा विजय सिंह र सरजुग महत्तो, सचिवमा धिरज गुप्ता र श्यामकुमार प्रसाद कुर्मी तथा सहसचिवमा दिपककुमार साह र सज्जाद हुसेनको उम्मेदवारी परेको छ। यसैगरी श्रेष्ठको प्यानलबाट उपसभापतिमा सन्तोष गुप्ता र वीर भुषण पटेल, सचिवमा सन्जय श्रीवास्तव र शीवचन्द्र प्रसाद यादव तथा सहसचिवमा जइन्द्र पटेल र शम्शाद अली उम्मेदवार छन।

दिपेन्द्र चौहानले आफु साझा उम्मेदवार भएको तथा दुवै टिमबाट आफुलाई समर्थन रहेको दाबी गरेका छन्।

फागुन १६ गते हुने जिल्ला अधिवेशनका लागि कुल १ हजार ८७० जना प्रतिनिधिहरु सहभागी हुनेछन्। जसले १६८ सदस्यी जिल्ला कार्य समिति चयन गर्ने प्रमुख निर्वाचन अधिकृत समेत रहेका नरेन्द्र केसीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell