PahiloPost

Jul 3, 2024 | २० असार २०८१

'झुटा सूचना' फैलाएर आलोचित भएपछि पूर्व मुख्य सचिव लीलामणि पौडेलले मागे माफी, 'मौन ब्रत'को घोषणा!



पहिलोपोस्ट

'झुटा सूचना' फैलाएर आलोचित भएपछि पूर्व मुख्य सचिव लीलामणि पौडेलले मागे माफी, 'मौन ब्रत'को घोषणा!
फाइल फोटो।

काठमाडौं : अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा दिएको विवादास्पद अभिव्यक्तिका कारण विवादमा तानिएका छन् पूर्व मुख्य सचिव लीलामणि पौडेल। शुक्रवार नेकपा (एकीकृत समाजवादी) सम्बद्ध जनवर्गीय संगठनले गरेको कार्यक्रममा बोल्दै उनले अमेरिकाले एमसीसीको विषयमा सकरात्मक धारणा निर्माण गर्न अमेरिकाले लगानी गरिरहेको 'झुटो अभिव्यक्ति' दिएका थिए। त्यससँगै उनीमाथि सामाजिक सञ्जालमा आलोचना वर्षिरहेको छ। 

पौडेल तत्कालीन डाक्टर बाबुराम भट्टाराईको पालमा मुख्यसचिव थिए। सामाजिक सञ्जालमा चर्को आलोचना भएसँगै उनले १८ घण्टा मौन ब्रत र ४८ घण्टा एमसीसीबारे कुनै अभिव्यक्ति नदिने घोषणासमेत गरेका छन्। 

'वचनले पनि हिंसा गर्नुहुदैन भन्ने विपश्यना ध्यानको प्रारंभिक अभ्यासकर्ता म त्यस अभिब्यक्तिबाट बौद्धिक बहसमा आउनुहुने सबै महानुभावलाई पुर्याएको चोटको प्रायश्चित गर्दै आज यही फागुन १४ साँझ ६ बजे देखि १५ फागुन दिउँसो १२ बजेसम्म मौनब्र बस्‍ने र सोमवार साँझ ६ बजेसम्म ४८ घण्टा एमसीसीबारे कुनै अभिव्यक्ति नदिने अठोट गरेको छु,' उनले वक्तव्य जारी गर्दै भनेका छन्। 

उनले शुक्रवार प्रज्ञा भवनमा दिएको अभिब्यक्तिप्रति क्षमा याचना गरेका छन्।

'मेरो अभिव्यक्तिको आशय विगत लामो समयदेखि विभिन्न मिडियामा एमसीसीको विज्ञापन सामग्रीहरू प्रचारप्रसार गरिएको, केही समय अगाडि विभिन्न निकायलाई एमसीसीको वकालत गर्न बजेट ब्यवस्था गरी बजेट बाँडफाडसमेत गरेको कागजात सार्वजनिक भएको र संजालमा विरोधका आवाजहरू आएपछि त्यो नक्कली कागजात थियो भनि खण्डन आएको सन्दर्भमा थियो,' उनले भनेका छन्, 'त्यस्तो नक्कली भनिएको कागजात तयार गर्नेलाई कीर्तेमा कुनै कारवाही गरिएको जानकारी सार्वजनिक नभएको हुँदा त्यो सार्वजनिक भएको पत्र नक्कली थियो भन्नेमा शंका उब्जेको मैले अभिब्यक्ति दिएको थिएँ। जुन पृष्ठभूमिमा भनेको भए पनि मेरो प्रस्तुतिमा असावधानी भएको मैले महसुस गरेको छु।'

चीनको ल्हास्सामा महावाणिज्यूत रहिसकेका उनलाई नेकपा माओवादी केन्द्रले चीनको राजदूत समेत बनाएको थियो। उनले एमसीसीविरुद्ध अभिव्यक्ति दिएपछि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले कडा प्रतिवाद गरेका थिए। भट्टराईले एमसीसीलाई अगाडि बढाउँदा उनको पदीय जिम्मेवारी पनि थियो। त्यसैका आधारमा सोसल मिडियामा पौडेलको आलोचना भइरहेको छ। पौडेललाई केपी ओली प्रधानमन्त्री हुँदा चीनको राजदूतबाट वर्खास्त गरिएको थियो।

नेकपा माओवादीको विद्यार्थी संगठनको कार्यक्रममा प्रशिक्षकका रुपमा पनि उनी सहभागी भएको भिडियो सार्वजनिक भएको थियो। त्यसको पनि आलोचना भएको थियो।

पौडेल एमसीसीको विपक्षमा रहँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell