
काठमाडौँः छिमेकी मुलुक भारतको भ्रमणका लागि अब कोभिडविरुद्धको पूर्ण मात्रा खोप वा यात्राको ७२ घण्टाअघिको पीसीआर परीक्षण रिपोर्ट चाहिने भएको छ।
यात्रा सहजीकरण व्यवस्थापनका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) लाई आग्रह गरेको छ। भारतीय दूतावासको १६ फेब्रुअरीको पत्र अनुसार सो व्यवस्थाका लागि महाशाखाले सिसिएमसीलाई आग्रह गरेको हो।
पत्राचार अनुसार अनलाइन एयर सुविधा पोर्टलमा भएको स्वघोषणा फाराम पूर्ण रुपमा भर्नु पर्नेछ। पूर्ण मात्रा खोप लगाएका व्यक्तिको हकमा भने पीसीआर परीक्षण आवश्यक पर्ने छैन। कोभिड–१९ विरुद्धको खोपको प्रमाणपत्रलाई दुबै देशले मान्यता प्रदान गरेका छन्।