PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

मच्छिन्द्रले लगातार दोस्रो पटक जित्यो ए डिभिजन लिगको उपाधि

मच्छिन्द्रले लगातार दोस्रो पटक जित्यो ए डिभिजन लिगको उपाधि

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः मच्छिन्द्र फुटबल क्लबले अपराजित रहदै शहीद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जितेको छ। ११औँ चरणको खेलमा उपाधि पक्का गरिसकेको मच्छिन्द्रले शनिबार अन्तिम खेलमा विभागीय टिम एपीएफलाई २–१ ले हराउँदै च्याम्पियन बनेको हो।

मछिन्द्रलाई जित दिलाउन अविषेक गुरुङ र रेजिन सुब्बाले गोल गरे।

लगातार दोस्रो पटक च्याम्पियन भएको मच्छिन्द्रले उपाधिसँगै नगद ७५ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता त्रिभुवन आर्मी क्लबले ५० लाख रुपैयाँ हात पार्दा तेस्रो भएको न्युरोड टिम (एनआरटी) ले २५ लाख प्राप्त ग¥यो।

ए डिभिजन लिगको डेब्यु क्लब सातदोबाटो युथ क्लब चौंथो र मनाङ मस्र्याङ्दी क्लब पाँचौं स्थानमा रहे। यो सिजन च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेसनमा पर्दै बी डिभिजनमा घटुवा भए।

मच्छिन्द्रका सुनिल बल सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ३ लाख प्राप्त गर्दा फ्रेन्ड्सका जमउल एन्थोनी सर्वाधिक गोलकर्ता चुनिए।

मछिन्द्रकै विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिए। फेयर प्ले टिमको अवार्ड सातदोबाटो युथ क्लबले पायो।  



ट्रेन्डिङ पोस्ट

Ncell