PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

एमसीसीमा गठबन्धन दल सहमति नजिक, सम्झौताका केही बुँदामा 'व्याख्यात्मक टिप्पणी' राखिने



पहिलोपोस्ट

एमसीसीमा गठबन्धन दल सहमति नजिक, सम्झौताका केही बुँदामा 'व्याख्यात्मक टिप्पणी' राखिने

काठमाडौं : पटक-पटकका छलफल निष्कर्षविहीन बन्दै आए पनि गएरातिको बैठकले सत्तारुढ गठबन्धन दललाई सहमति नजिक पुर्‍याएको छ।

राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी सम्झौताका केही बुँदामा 'व्याख्यात्मक टिप्पणी' राख्न सहमत भएका हुन्। विवादित र अस्पष्ट बुँदाहरुमा त्यस्ता व्याख्यात्मक टिप्पणी तयार गरिने भएको हो।

जसमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) हिन्द प्रशान्त रणनीति वा कुनै सैन्य संगठनको अंग होइन, कुनै बुँदा बाझिए नेपालको कानुन माथि हुन्छ र यो सहयोग विकास अनुदान हो भन्ने उल्लेख गरिने बैठकमा सहभागी माओवादीका एक नेताले बताए। बालुवाटारमा भएको सहमति अनुमोदन गर्न आज बिहान केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाइएको ती नेताको भनाइ छ।

एकीकृत समाजवादीले पनि पार्टीमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ। त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाले ९ बजेका लागि गठबन्धनको बैठक बोलाएका छन्।

रातिको सहमतिअनुसार गठबन्धन बैठकले अन्तिम सहमति जुटाए एमसीसी संसदबाट अनुमोदन हुनेछ। दिउँसो १ बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल हुने कार्यसूची छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell