PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

प्रतिनिधिसभा बैठक आज, कार्यसूचीमा एमसीसी



पहिलोपोस्ट

प्रतिनिधिसभा बैठक आज, कार्यसूचीमा एमसीसी

काठमाडौं : आज दिउँसो प्रतिनिधिसभाको बैठक बस्ने भएको छ। दिउँसो १ बजेको बैठकमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतामाथि छलफल हुने कार्यसूचीसमेत छ। उक्त प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।

यस्तै, बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले 'महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८' पेस गर्ने प्रतिनिधिसभा सचिवालयको सम्भावित कार्यसूचीमा उल्लेख छ।

बिहान साढे ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले बैठकअघि कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएका छन्। 

एमसीसी सम्झौतामा गठबन्धन दलभित्रै सहमति नभएपछि यसअघिका दुई बैठक सरकारको आग्रहमा स्थगित गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell