PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

वाग्मती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित



पहिलोपोस्ट

वाग्मती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं : वाग्मती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। फागुन १६ गते सोमबारका लागि तय भएको बैठक स्थगित गरिएको हो। प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन गर्नुपरेको जनाएको हो।

यस्तै आज दिउँसो १ बजेका लागि  तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको  प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए। यही फागुन ४ को सर्वदलीय बैठकपछि सभामुख सानुकुमार श्रेष्ठले सोमबारका लागि बैठक आह्वान गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell