PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

एमसीसीको 'व्याख्यात्मक टिप्पणी' बारे कुनै निर्णय नभएको नेता पोखरेलको दाबी



पहिलोपोस्ट

एमसीसीको 'व्याख्यात्मक टिप्पणी' बारे कुनै निर्णय नभएको नेता पोखरेलको दाबी

काठमाडौं : अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग भएको सम्झौतालाई प्रतिनिधिसभाबाट पारित गर्ने विषयमा कुनै निर्णय नभएको माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले बताएका छन्। 

आइतवार प्रतिनिधिसभाको बैठक बस्दै छ। यही बैठक मार्फत एमसीसीलाई व्याख्यात्मक पुरक प्रस्तावसहित पारित गर्ने तयारी भइरहेको बताइएको छ। यसै विषयमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आइतवार बिहान पूर्व स्थायी कमिटीका सदस्यहरुसँग परामर्श गरेका थिए। 

अनौपचारिक छलफलका क्रममा व्याख्यात्मक टिप्पणीको कुरा आए पनि कुनै निर्णय नभएको नेता पोखरेलले पहिलोपोस्टलाई जानकारी  दिए। 

'यो औपचारिक बैठक होइन निर्णय गर्नलाई। अध्यक्षले पूर्व स्थायी कमिटीका सदस्यहरुलाई परामर्शका लागि बोलाउनु भएको हो,' उनले भने, 'व्याख्यात्मक टिप्पणीको विषयमा प्रश्न उठेको थियो। केही साथीहरु यसमा सकरात्मक भए पनि निर्णय भएको छैन।'

उनले आफूसहितका नेताहरु यसको विषयमा कडाइका साथ असहमति राखेको बताए। भने, 'बाहिर हल्ला आएको जस्तो छैन। यस (व्याख्यात्मक टिप्पणी)ले एमसीसीसँग भएको सम्झौतालाई छुँदैन। यसले हामीले उठाएका प्रश्नहरुलाई सम्बोधन गर्नै सक्दैन भनेर स्ट्रोङ्ली हाम्रो कुरा राखेका छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell