PahiloPost

Jul 3, 2024 | २० असार २०८१

कांग्रेसको वीरगंज नगर सभापतिमा मणिन्द्रलाल श्रेष्ठ विजयी



पहिलोपोस्ट

कांग्रेसको वीरगंज नगर सभापतिमा मणिन्द्रलाल श्रेष्ठ विजयी

वीरगंज : नेपाली कांग्रेस वीरगंज महानगर समितिको सभापतिमा मणिन्द्रलाल श्रेष्ठ (नेपाली) विजयी भएका छन्। श्रेष्ठ २५७ मत ल्याउँदै सभापति पदमा निर्वाचित भएका हुन्।  सभापति पदका निकटतम प्रतिद्वण्द्वी राधेश्याम चौरसियाले २२१ मत ल्याए।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पर्सामा भएको गाउँ/नगर अधिवेशन अन्तर्गत फागुन १४ गते विहान ११ बजेदेखि साँझ ५ बजे सम्म मतदान भएको। मतगणना राति ८ बजेदेखि सुरु भएको थियो।

नगरको उपसभापतिमा श्रेष्ठ खेमाका सन्तोषकुमार गुप्ता २४८, चौरसिया समूहका सरजुग महतो २४४ मत ल्याई विजयी भएका छन्। सचिवमा श्रेष्ठ समूहका शिवचन्द्र यादव २६२ मत, चौरसिया समुहका श्यामप्रसाद कुर्मी २३९ मत ल्याई विजयी भएका छन्।

सहसचिव पदमा चौरसिया समूहका दुबै उम्मेदवारले जित निकाल्न सफल भएका छन्। दिपककुमार साहले २४६ मत र सज्जाद हुसैन समानीले २५० मत ल्याई सहसचिवमा विजयी भएका छन्।

कुल ५६८ जना मतदाता रहेको अधिवेशनले १६७ सदस्यीय नगर समिति चयन गर्नेछ। अन्य सदस्यहरुको मतगणना हाल जारी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell