A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6994b21d2b83b2.86761419): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6994b21d2b83b2.86761419,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

निर्माण सम्झौताको ११ वर्षसम्ममा पनि सञ्चालनमा आएन बागमती पुल
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

निर्माण सम्झौताको ११ वर्षसम्ममा पनि सञ्चालनमा आएन बागमती पुल



निशा गुरुङ

निर्माण सम्झौताको ११ वर्षसम्ममा पनि सञ्चालनमा आएन बागमती पुल

हेटौँडा : निर्माण सम्झौता भएको १० वर्ष ८ महिना बितिसक्दा पनि मकवानपुर र सिन्धुली जोड्ने पक्की पुल सञ्चालनमा आउन सकेको छैन।

मदन भण्डारी लोकमार्ग अन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ जोड्ने पुलको निर्माण पूर्ण रुपमा सम्पन्न नहुँदा सञ्चालनमा आउन नसकेको हो।

२०६८ असार २९ गते स्वच्छन्द भैरव निर्माण सेवा निर्माण कम्पनीले तत्कालिन धरान–चतरा–सिन्धुली–हेटौँडा सडक आयोजना (हाल मदन भण्डारी लोकमार्ग सडक आयोजना)सँग २३ करोड ५३ लाख ९ हजार रुपैयाँ लागतमा पाँच वर्षभित्र सम्पन्न गर्नेगरी पुल निर्माणको ठेक्का लिएको थियो।

५ वर्षको अवधिसम्म पनि पुल बन्न नसकेपछि पाँच पटक म्याद थपेर कम्पनीले बल्ल पुल निर्माण अन्तिम चरणमा पुर्‍याएको छ। अझै पुलसम्म पुग्ने सडक निर्माणको काम भने बाँकी नै छ।

संघीय सरकारको राष्ट्रिय गौरवको आयोजना सूचीमा समेत रहेको पुलको लम्बाइ ४ सय १३ मिटर र चौडाई ७ दशमलव ७० मिटर रहेको छ।

२०७४ सालपछि पुल निर्माणमा मकवानपुर र सिन्धुलीका स्थानीयतहले चासो दिएपनि कामले गति लिन सकेन। पुल निर्माण सम्पन्न हुन नसक्दा आलोचनामा परेपछि वाग्मती प्रदेश सरकारले कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको थियो। त्यसपछि मात्रै कम्पनीका ठेकेदार सम्पर्कमा आएका थिए।

निर्माण कम्पनीका सञ्चालक जयराम लामिछानेले पुल निर्माणका लागि पुनः म्याद थप गर्न माग गरेअनुसार २०७८ असारसम्म म्याद थपिएको थियो। तर, कोरोना संकटका कारण समयमै काम हुन सकेन।

काम पूरा नभएपछि पुनः पुल निर्माणका लागि २०७८ चैत ३० गतेसम्मको म्याद थप गरिएको छ। निर्माण कम्पनीका सञ्चालक जयराम लामिछानेले निर्माणको काम अन्तिम चरणमा पुगेको र बैशाख १५ गतेभित्र नेपाल सरकारलाई हस्तान्तरण गरिसक्ने बताएका छन्।

पुल नबन्दा विगतमा स्थानीयले निकै सास्ती भोग्नु परेको र वर्षाको समयमा खोलाले बगाएर केही व्यक्तिले ज्यान समेत गुमाएको स्थानीयहरुले गुनासो पोखे।

निर्माण कार्यमा कम्पनीले लापरबाही गरेको भन्दै सडक आयोजनाले काम सम्पन्नताको आधारमा पहिलो चरणमा ३५ प्रतिशत दोस्रो चरणमा १५ प्रतिशत र निर्माण सम्पन्न भएपछि बाँकी ५० प्रतिशत भुक्तानी दिने सम्झौता गरेको छ। हालसम्म आयोजनाले सम्झौता रकमको ८० प्रतिशत निर्माण कम्पनीलाई भुक्तानी गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell