PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

एमसीसीको 'व्याख्यात्मक घोषणा'सहित संसदबाट पारित गर्ने गठबन्धनको निर्णय



पहिलोपोस्ट

एमसीसीको 'व्याख्यात्मक घोषणा'सहित संसदबाट पारित गर्ने गठबन्धनको निर्णय

काठमाडौं : अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गर्ने सत्ता गठबन्धनले निर्णय गरेको छ। बालुवाटारमा आइतवार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा उक्त सहमति भएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए।

'व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्न हामी सबै सहमत हुने निर्णय भयो,'  बैठकपछि पौडेलले भने।

प्रतिनिधिसभामा टेवल भएको एमसीसीमाथि आज छलफल सुरु हुने कार्यतालिका रहेको छ। दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सत्तारुढ दल कसरी प्रस्तुत हुने भन्नेबारे गठबन्धनमा छलफल भएको थियो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell