PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

एमसीसी आजै पारित हुन्छ :  रामचन्द्र पौडेल



पहिलोपोस्ट

एमसीसी आजै पारित हुन्छ :  रामचन्द्र पौडेल

काठमाडौं : सत्ता गठबन्धन दलले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन  (एमसीसी) आजै संसदबाट पारित गर्ने तयारी गरेको छ। बैठकपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी संसदबाट आजै पारित हुने बताएका हुन्।

'व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्न हामी सबै सहमत हुने निर्णय भयो,'  बैठकपछि पौडेलले भने, 'आजै दोस्रो सेसनमा अनुमोदन हुन्छ।'

प्रतिनिधि सभामा टेवल भएको एमसीसीमाथि आज छलफल सुरु हुने कार्यतालिका रहेको छ। दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सत्तारुढ दल कसरी प्रस्तुत हुने भन्नेबारे बैठक बसेको थियो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell