PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कलाकार पल शाह प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

कलाकार पल शाह प्रहरी नियन्त्रणमा
फोटो : रियलमा होइन, रिलमा। म यस्तो गीत गाउँछु २ को ट्रेलरबाट लिइएको स्क्रिनसट

काठमाडौः पाँचदिन देखि प्रहरीले फरार सुचीमा रहेका कलाकार पल शाह पक्राउ परेका छन्। कलाकार शाह जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरीको नियन्त्रणमा आएका हुन्।

'अहिले शाह हाम्रो नियन्त्रणमा छन्,' जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले भने।

कलाकार शाहविरुद्ध जबर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरी परेपछि प्रहरी प्रधान कार्यालय नक्सालले नै सर्कुलर जारी गरेर पक्राउ गर्न आफ्ना मातहतका कार्यालयलाई निर्देशन दिएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंदेखि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) समेत खोजीमा लागेको थियो। आज बिहान शाहले आफूले प्रहरीमा आत्मसमर्पण गर्न लागेको जानकारी दिएका थिए।

प्रहरीले पलसँग नजिक भएका मानिससँग सोधपुछ गरिरहेको थियो। पल अभिनित चलचिल 'म यस्तो गीत गाउँछु -  २' का निर्देशक सुदर्शन थापासँग पनि प्रहरीले सोधपुछ गरेको थियो।

एक बालिकालाई 'प्रेम'को नाममा यौन गतिविधिको उजुरी परेपछि कलाकार शाह फरार थिए। जिल्ला प्रहरी कार्यालय तनहुँमा उनीविरुद्ध जबर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरी परेको छ। बुधवार शाहमाथि उजुरी दर्ता भएपछि प्रहरीमा लागेको थियो।

सहमतिमै पनि १८ वर्ष नपुगी यौन सम्बन्ध राख्न नेपालको कानुनले बर्जित गरेको छ। यदि जाहेरीमा उल्लेख भएअनुसार घटना भएको पुष्टि भएमा १० देखि १२ वर्ष कैद सजायको सम्भावना रहन्छ। पक्राउ परेका शाहलाई तनहुँ प्रहरीमा जिम्मा लगाइनेछ। थप अनुसन्धान तनहुँबाट नै हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell