PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

एमसीसीलाई पारित गर्ने गठबन्धनको निर्णयपछि प्रचण्ड-नेपाल पार्टीको आन्तरिक छलफलमा



पहिलोपोस्ट

एमसीसीलाई पारित गर्ने गठबन्धनको निर्णयपछि प्रचण्ड-नेपाल पार्टीको आन्तरिक छलफलमा

काठमाडौं : सत्ता गठबन्धनले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने निर्णय गरेसँगै दलहरु तीब्र छलफलमा जुटेका छन्।

सिंहदरबारमा नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ। यस्तै, नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक बसिरहेको अध्यक्ष माधवकुमार नेपालको सचिवालयले जनाएको छ।

गठबन्धनको आइतवार विहान बसेको बैठकले 'व्याख्यात्मक घोषणा' सहित एमसीसी पारित गर्ने निर्णय गरेपछि माओवादी भित्र विवाद चर्किएको छ। नेताहरु नारायणकाजी श्रेष्ठ सहितका नेताहरु निर्णयको विरोधमा उत्रिएका छन्।

गठबन्धनको निर्णयपछि एकीकृत समाजवादी र माओवादी पार्टीभित्र पनि एमसीसीका बारेमा निर्णय गराउन तल्लिन भएका हुन्।

यस्तै, व्याख्यात्मक घोषणलाई मन्त्रिपरिषदबाट निर्णय गरिने भएको छ। आजै प्रतिनिधि सभाको बैठक बस्ने छ भने पहिलो बैठकमा सामान्य छलफल र आजै दोस्रो बैठक बोलाएर एमसीसीको सैद्धान्तिक छलफलका लागि नेताहरु जुटेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell