![चितवन राष्ट्रिय निकुञ्जमा मृतावस्थामा गैँडा फेला](https://pahilopost.com/assets/upload/contentthumb/gaidapnp21.jpg)
चितवन : चितवन राष्ट्रिय निकुञ्जको कुदौली रेञ्जपोष्टको भित्री क्षेत्रमा एउटा भाले गैँडा मृतावस्थामा फेला परेको छ। जुधेर गैँडा मरेको प्रारम्भिक अनुमान गरिएको छ।
निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार खाग, खुर सुरक्षित अवस्थामा रहेका छन्। अन्दाजी १८/२० वर्षको गैँडा मृतावस्थामा फेला परेको हो।
यसअघि फागुन ९ गते निकुञ्जको खोरीया मुहान क्षेत्रमा बाघले खाएको अवस्थामा पाँच/छ महिनाको बच्चा फेला परेको थियो। योसँगै चालु आवमा प्राकृतिक कारणबाट २७ र चोरी सिकारीबाट दुई वटा गैँडा मरेका छन्।