PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

नेपालगंजको चिनारी बनेको टाँगा किन पर्दैछ संकटमा ?



पहिलोपोस्ट

नेपालगंजको चिनारी बनेको टाँगा किन पर्दैछ संकटमा ?

नेपालगंज : नेपालगंजको चिनारीको रुपमा रहेको टाँगा व्यवसाय संकटमा परेको छ। केही समय अघि अति नै लोकप्रिय मानिएको टाँगा व्यवसाय संकटमा परेको हो।

प्रविधिको विकाससँगै टाँगा व्यवसाय विस्तारै संकटमा परेको हो। करिब एक दशक पहिला टाँगालाई नेपालगंजको मुख्य सवारी साधनको रुपमा लिइन्थ्यो। मानिसहरु एक ठाँउबाट अर्को ठाँउमा जान र सामान ओसारपसार गर्नका लागि गोडाबाट चलाउने टाँगाको प्रयोग गरिन्थ्यो। नेपालगंजभित्र मात्रै नभएर नेपालगंजदेखि छिमेकी देश भारत र छिमेकी जिल्लाहरु बर्दिया, दाङ र सुर्खेतसम्म मानिसहरु टाँगामा यात्रा गर्ने गर्थे।

खासगरी कस्गर समुदायका मानिसहरुले टाँगालाई मुख्य पेशाको रुपमा लिई जीवनयापन गर्दै आइरहेका थिए। उनीहरु दिनभरी टाँगा चलाएर अर्थोपार्जन गर्दै गुजारा चलाउथे। तर, समय परिर्वतनसँगै प्राविधिक विकासपछि छोटो दुरीको रुपमा ई–रिक्सा संचालनमा आएपछि टाँगा विस्थापित हुन पुगेको छ।

रिक्सा नचल्दा टाँगाबाट दैनिक ३ हजार रुपैयाँसम्म कमाइ हुने गरेपनि अहिले अपेक्षित कमाइ हुन नसकेको टाँगा चालक साजन कस्गर बताउँछन्।

पहिला टाँगा चलाएर गुजारा गर्दै आइरहेका मानिसहरुले अहिले भने बग्गी संचालन गरी सामान ढुवानी गर्ने गरेका कस्गरको भनाई छ। उनले हाल दिनभर सिमेन्ट ढुवानी गरेर दैनिक १ हजार रुपैयाँदेखि १२ सय रुपैँया सम्म कमाउने गरेको बताए।

टाँगा चालक साबिर अलीले टाँगा विस्थापित भइसकेको बताए। उनले काम कम आउने हुँदा टाँगाबाट जीविकोपार्जन गर्न समस्या पर्ने गरेको गुनासो गरे।

यता, नेपालगंज उपमहानगरपालिकाले भने टाँगा संचालनलाई व्यवस्थित बनाउनका लागि काम गरिरहेको बताएको छ। उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले टाँगा चलाएर जीविकोपार्जन गर्नेहरुका लागि उपमहानगरपालिकाले आगामी दिनमा योजना बनाउने उनले बताए। न्यूज एजेन्सी नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell