PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

'लप्पन छप्पन २' को प्रचारप्रसार कार्यक्रममा सौगात मल्लको खोजी



पहिलोपोस्ट

'लप्पन छप्पन २' को प्रचारप्रसार कार्यक्रममा सौगात मल्लको खोजी

काठमाडौं: 'लप्पन छप्पन २' फागुन २० गतेदेखि देशैभर प्रदर्शनमा आउँदैछ। फिल्म निर्माण टिमले आज फिल्मको प्रचारप्रसारका लागि पत्रकारसँग भेटघाट कार्यक्रम राखेको थियो। रिलिज मिति नजिकिँदै गर्दा फिल्म युनिटले पहिलो कार्यक्रम आयोजना गरेको हो।  

'लप्पन छप्पन २' को मुख्य भूमिकामा छन् अभिनेता सौगात मल्ल। एक्सन जनरामा निर्माण भएको फिल्म राजनीतिक विषयवस्तुमा केन्द्रित छ। फिल्ममा सौगातका साथै शिव श्रेष्ठ, अर्पण थापा, अनुप विक्रम शाही, एन्जल श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ।

आजको फिल्ममा फिल्मका अन्य कलाकार देखिए पनि सौगात कतै देखिएनन्। उसो त उनी खासै मिडियामा  देखिँदैनन् पनि। 'लप्पन छप्पन' मा पनि मुख्य भूमिकामा देखिएका उनी आजको कार्यक्रममा नदेखिए पछि उनको खोजी भएको थियो। सौगात मल्ल किन आएनन् भन्दै फिल्म युनिटलाई प्रश्न नि सोधियो।

जवाफमा निर्देशक मुकुन्द भट्टले कार्यव्यस्तताले गर्दा कार्यक्रममा सौगात आउन नसकेको जानकारी दिए।

'उहाँ सुटिङमा जानुभएको छ। दुई तीन दिनपछि आउनुहुन्छ। त्यसै पनि उहाँ खासै मिडियाहरुमा आउनु पनि हुन्न' उनले भने। 

अभिनेता सौगात मल्ल मुकुन्द भट्टको निर्देशक रहेको अर्को फिल्ममा पनि देखिँदैछन्। सौगात अब अनमोल केसीको अभिनय रहने र भट्टकै निर्देशन रहने 'एक्स ९' मा देखिने पक्का भएको छ। निर्देशक भट्ट र सौगातको सम्बन्ध बारेमा पनि फिल्मी क्षेत्रमा चर्चा हुने गर्छ। 

यसबारेमा भट्ट भन्छन् 'उहाँमा म जुन क्यारेक्टर देख्छु, ठ्याकै उहाँ त्यही निकाल्न सक्नुहुन्छ। उहाँ नेपालमा मात्रै नभई बलिउडमा देखिनु पर्ने मान्छे हो। उहाँ त्यो लेबलको मान्छे हो। जसकारण म उहाँलाई सधैँ पहिलो प्राथमिकतामा राख्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell