
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठकले व्याख्यात्मक घोषण मार्फत् मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने निर्णय गरेको छ।
त्यसभन्दा पहिला फेरि एकपटक सत्ता गठबन्धनको बैठक बसेर टुंग्याउनुपर्ने एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए।
'गठबन्धनको बैठक बस्छ त्यसपछि क्याबिनेट बस्छ। व्याख्यात्मक घोषणासहित थप हामीले भनेका कुरा पनि छन् ती संसदमा विचार गरियोस् भन्ने प्रस्तावका रुपमा जान्छ,' उनले भने।
आजको प्रतिनिधिसभाको बैठकमा सैद्धान्तिक छलफल हुने तुलाधरले जानकारी दिए। यसअघि नेकपा माओवादी केन्द्रका पूर्व स्थायी कमिटीको बैठकले व्याख्यात्मक घोषणाका साथ एमसीसी पास गर्ने निर्णय गरेको थियो। गठबन्धनको आइतवार विहान बसेको बैठकले व्याख्यात्मक घोषणा गरेर एसमीसी अघि बढाउने निष्कर्ष निकालेको थियो।
यसअघि एमसीसीबारे माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्न नहुने बताइरहेका थिए।