PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

दुई पटक संसदबाट 'फरार' अर्थमन्त्री शर्माले अन्तत: अगाडि बढाए एमसीसीमाथिको छलफल



पहिलोपोस्ट

दुई पटक संसदबाट 'फरार' अर्थमन्त्री शर्माले अन्तत: अगाडि बढाए एमसीसीमाथिको छलफल

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सामान्य छलफल सकियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाको आइतवारको बैठकमा पेश गरेका छन्।

यसअघि प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश हुने कार्यसूचीका बेला विरामी भएको कारण देखाएर अनुपस्थित भएका थिए। त्यस्तै १२ गते को कार्यसूचीलाई लत्याउँदै उनी पर्वतको कुश्मास्थित द क्लिफ रिसोर्ट पुगेका थिए। फागुन १२ गते उनी रिसोर्टको स्काइ क्याफेमा देखिएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो।

अर्थमन्त्री शर्मा संसदबाट दुवै चोटी 'फरार' रहँदा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उनको तर्फबाट जिम्मेवारी सम्हालेका थिए। उनले नै प्रतिनिधिसभामा एमसीसीको प्रस्ताव टेवल गरेका थिए।

आइतवार भने सत्ता गठबन्धनले व्याख्यात्मक घोषणा गरेर एमसीसी पास गर्ने निर्णय गरेपछि अर्थमन्त्री शर्माले छलफलको प्रस्ताव पेश गरेका हुन्। यसअघि नेकपा माओवादी केन्द्रले एमसीसी पास गर्न नसकिने निर्णय गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell