PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रतिनिधिसभामा 'एमसीसी'बारे छलफल हुँदै, एमालेको अवरोध जारी (लाइभ)



पहिलोपोस्ट

प्रतिनिधिसभामा 'एमसीसी'बारे छलफल हुँदै, एमालेको अवरोध जारी (लाइभ)

काठमाडौं : प्रतिनिधिसभाको बैठक सुरु भएको छ। विगतमा पटकपटक स्थगित हुँदै आएको बैठक आज सत्तारुढ दलबिच सहमति जुटेसँगै संचालनमा आएको हो।

बैठकमा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशनबारे छलफल भइरहेको छ।

सत्तारुढ गठबन्धनबिच एमसीसीमा रहेका विवादित बुँदाहरुमा ‘व्याख्यात्मक टिप्पणी’ गरेर परियोजना पारित गर्ने सहमति भएको छ।

आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो विरोध यथावत् राखेको छ। एमालेले १४ सांसदलाई कारवाही र सभामुखको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell