PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

एमालेका सांसद नाराबाजीमा, पार्टी नीति विपरीत भीम रावल चाहिँ एमसीसीमाथिको छलफलमा !



पहिलोपोस्ट

एमालेका सांसद नाराबाजीमा, पार्टी नीति विपरीत भीम रावल चाहिँ एमसीसीमाथिको छलफलमा !

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले पार्टीले प्रतिनिधि सभाको बैठकमा अवरोध गरिरहेको भए पनि त्यस विपरीत बैठकमा भाग लिएका छन्।

एमालेका अरु सांसदहरुले उभिएर बैठकमा नारावाजी गरेको भए पनि उनले सभामुख अग्निप्रसाद सापकोटासँग समय माग गरेर प्रतिनिधिसभामा आफ्नो धारणा राखेका हुन्।

नेकपा एमालेले पार्टी फुटाउन मुख्य भूमिका खेल्ने १४ जना सांसदको पद खारेजी नभए सभामुख अग्‍नि सापकोटाको राजीनामा नभएसम्म संसद अवरुद्ध गर्ने निर्णय गरेको छ। त्यस अनुसार पछिल्ला दुई अधिवेशनमा हरेक दिन एमाले सांसदले संसद अवरुद्ध पार्दै आएको छ। यसकै बिच रावलले पार्टी नीति लत्याउँदै एमसीसीको छलफलमा सहभागिता जनाएका हुन्।

उनले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोध गरेका थिए। सरकारले प्रतिनिधिसभामा एमसीसीमाथि समान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई प्रस्तुत गरेपछि पार्टीको निर्णय विपरीत सांसद भीम रावलले एमसीसीको विरोधमा बोलेका हुन्।

'एकातर्फ विकासको कुरा गरिएको छ भने अर्को तर्फ अमेरिकाको सुरक्षा छातामुनि राख्‍ने बाटो खोलिएको छ,' उनले भने। उनले अमेरिकाले नेपालका नेताहरुलाई प्रतक्ष्य/अप्रतक्ष्य दबाब दिएको आरोप लगाए। उनले एमसीसीका विपक्षमा मतदान गर्न पनि आग्रह गरेका छन्। जबरजस्ती संकल्प प्रस्ताव ल्याउन खोजेको भन्दै कांग्रेस सरकारप्रति आफ्नो विरोध रहेको उनले बताए। राष्ट्रिय स्वाधीनताको विषय हो हल्लाको बिचमा पेश गर्न राष्ट्रघात भएको उनको दावी थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell