PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

प्रतिनिधिसभामा देव गुरुङको प्रश्न : व्याख्यात्मक टिप्पणीमा के छ? एमसीसीले त्यसलाई मान्छ?



पहिलोपोस्ट

प्रतिनिधिसभामा देव गुरुङको प्रश्न : व्याख्यात्मक टिप्पणीमा के छ? एमसीसीले त्यसलाई मान्छ?

काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सत्तारुढ दलबिच भएको व्याख्यात्मक टिप्पणीको बुँदामा एमसीसी सहमत भए नभएको स्पष्ट गर्न माग गरेका छन्।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेश गरेको नेपाल सरकार र अमेरिकी सहयोग निकाय एमसीसीबिच भएको सम्झौतालाई सामान्य छलफल गरियोस भन्ने प्रस्ताव माथिको छलफलमा सहभागि हुँदै गुरुङले यस्तो प्रश्न उठाएका हुन्। 

सत्तारुढ गठबन्धनबिच आज व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता पारित गर्ने सहमति भएको छ। गुरुङले उक्त टिप्पणीमा भएका बुँदाहरुलाईसमेत सार्वजनिक गर्नुपर्ने र सँगसँगै संसदीय प्रक्रियाबाट अगाडि बढाउन उनले माग गरेक छन्। 

'संशोधनलाई आकर्षित हुने गरी केही टिप्पणी घोषणा हुने सुन्न आएको छ,' उनले प्रश्न गरे, 'संशोधन यो बुँदामा एमसीसीलाई स्वीकार्य हुन्छ भने हामी सकारात्मक हुन सक्छौं। दलहरुले सहमति के के भएको हो? जानकारी गराइयोस्।'

उनले आर्थिक परियोजनाको विषयमा विमती नभए पनि त्यसका केही धारा उपधाराहरुमा आफूहरुको आपत्ति भएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell