PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

नेपालकै अनुरोधमा एमसीसी आएको महन्थ ठाकुरको भनाइ, 'अमेरिकाको निर्णय लोकतान्त्रिक छ'



पहिलोपोस्ट

नेपालकै अनुरोधमा एमसीसी आएको महन्थ ठाकुरको भनाइ, 'अमेरिकाको निर्णय लोकतान्त्रिक छ'

काठमाडौं : लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले नेपालकै अनुरोधमा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)
नेपालमा आएको बताएका छन्। प्रतिनिधिसभाको आइतवारको बैठकमा बोल्दै उनले एमसीसी अनुदानको रुपमा आएको बताएका हुन्। 

'खर्चको कुरा पनि निर्धारण गरिएको छ। विद्युत र सडकमा खर्च हुने हो। बौद्धिक सम्पति पनि नेपालले नै पाउने हो,' उनले भने।

नेपाल उक्त सहयोग सम्झौता पाउनका लागि योग्य भएकाले नै परियोजना आएको ठाकुरले बताए। 'यो त्यसै आएको होइन नेपालले प्रक्रिया पुरा गरेर आएको हो। यो सहयोग पाउनका लागि लोकतान्त्रिक शासन हुन पर्छ। आर्थिक स्वतन्त्रता हुनुपर्छ,'उनले भने। 

नेपालको आफ्नो आवश्यकता र माग अनुसार नै एमसीसी आएको उनको भनाइ छ। 'हाम्रो स्वतन्त्रमाथि केही छैन। देश बलियो भएपछि उसको स्वतन्त्रतामाथि केही हुँदैन। अमेरिकाको निर्णय लोकतान्त्रिक छ,'ठाकुरले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell