PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

पल शाहलाई ७ दिन हिरासतमा राख्‍न प्रहरीलाई अनुमति, अब अनुसन्धान अगाडि बढ्ने



पहिलोपोस्ट

पल शाहलाई ७ दिन हिरासतमा राख्‍न प्रहरीलाई अनुमति, अब अनुसन्धान अगाडि बढ्ने
फोटो : रियलमा होइन, रिलमा। म यस्तो गीत गाउँछु २ को ट्रेलरबाट लिइएको स्क्रिनसट

काठमाडौं : फरार रहँदै आएका अभियुक्त पल शाह सम्पर्कमा आएसँगै सात दिन हिरासतमा राखेर अनसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।

जिल्ला अदालत तनुहँले सात दिन हिरासतमा राख्‍न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले बताए।

शाहविरुद्ध यसअघि बुधवार तनहुँ जिल्ला प्रहरीमा जवर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरी दर्ता भएको थियो। उजुरी दर्ता भएपछि फरार रहेका शाह आज बिहानमात्र प्रहरीको नियन्त्रणमा आएका हुन्। नियन्त्रणमा आएपछि प्रहरीले थप अनुसन्धान थालेको छ। त्यही क्रममा अदालतबाट सात दिन हिरासतमा राख्ने अनुमति पाएको हो।

आज मात्रै शाह विरुद्ध पूर्वी नवलपरासी गैंडाकोटमा पनि जवर्जस्ती करणीको उजुरी परेको छ। आज बिहान पीडित किशोरी र उनका बुबा इलाका प्रहरी कार्यालय गैंडाकोट पुगेर उजुरी दर्ता गराएका हुन्। उनले विभिन्न मितिमा १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई करणी गरेको अभियोग छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell