PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

एमसीसीसँगै राष्ट्रियता  र लोतन्त्रको विषय उठ्यो, संसोधनबिना पास हुन सक्दैन : माओवादी सांसद शक्ति बस्ने



पहिलोपोस्ट

एमसीसीसँगै राष्ट्रियता  र लोतन्त्रको विषय उठ्यो, संसोधनबिना पास हुन सक्दैन : माओवादी सांसद शक्ति बस्ने

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्‍नेतले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगै लोकतन्त्र र राष्ट्रियताको विषय उठेको बताएका छन्।

उनले सरकारले स्पष्ट बनेर संसदलाई जवाफ दिनुपर्ने बताए। उनले भने, 'राष्ट्रियता लोकतन्त्र संलग्नता र असंलग्नताका विषयहरु एमसीसीसँग जोडिएर आएका छन्। केही प्रश्न गम्भीर प्रश्न उठेका छन्।'

उनले एमसीसीसँगै नेपालमा विभिन्न शंका उपशंका उत्पन्न भएको र राजनीतिक दलहरुबिच ध्रुबिकरण भएको बताए।

'यसले इण्डोप्यासफिक संलग्नता देखिन्छ कि देखिँदैन, गम्भीर रुपमा सोच्नुपर्ने र निर्णय लिनुपर्ने अवस्था आएको छ। हाम्रो संविधान र कानुनभन्दा सम्झौतामाथि छ गम्भीर बहसको विषय बनेको छ।' 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell