PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

एमसीसी अन्तर्राष्ट्रिय कानुन विपरित भएको गिरिराजमणि पोखरेलको दाबी



पहिलोपोस्ट

एमसीसी अन्तर्राष्ट्रिय कानुन विपरित भएको गिरिराजमणि पोखरेलको दाबी

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद गिरिराजमणि पोखरेलले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गरे संविधान विपरित हुने बताएका छन्। प्रतिनिधिसभाको आइतवारको बैठकमा एमसीसीमाथि सुरु भएको छलफलमा सहभागी हुँदै उनले एमसीसीलाई नेपालले अनुमोदन गर्न नहुने बताएका हुन्।

'देश साना ठुला हुन्छन् तर सार्भमौमिकता बराबर हुन्छन्। सम्झौतालाई अनुमोदन गर्न हामीले पाउदैनौँ। एमसीएलाई असिमित अधिकार दिइएको छ। एमसीसीले तोकिए अनुसार कर्मचारि नियुक्त गर्न पाउने। यो पारित भए अमेरिकाले नेपालमा समानान्तर सरकार सञ्चालन गर्ने छ,'पोखरेलले भने। 

पोखरेलले एमसीसी चीनका विरुद्धमा ल्याइएको दाबी गरे। अन्तर्राष्ट्रिय कानुन विपरित नेपालमा एमसीसी लागु गर्न खोजिएको उनको दाबी छ।

'सम्झौताका कतिपय प्रावधान अन्तर्राष्ट्रिय कानुनसँग मेल खान्दैन। यो सम्झौता नेपालको हितमा आएको छैन। यो सम्झौताले गर्दा नेपालको कुटनीतिक संकट आएको छ। यो चीनको विरुद्धमा ल्याइएको छ भन्ने विज्ञहरुले भनिरहेका छन्,'उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell