PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

एमसीसी विरुद्ध सडकमा आन्दोलन गरिरहेका युवालाई जवाफ व्याख्यात्मक घोषणा हो : अर्थमन्त्री शर्मा



पहिलोपोस्ट

एमसीसी विरुद्ध सडकमा आन्दोलन गरिरहेका युवालाई जवाफ व्याख्यात्मक घोषणा हो : अर्थमन्त्री शर्मा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले सरकारले कुनै गलत सम्झौता नगर्ने बताएका छन्।

प्रतिनिधि सभामा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले व्याख्यात्मक घोषणाका आधारमा एमसीसी पास भएको र त्यो नै आन्दोलनमा भएकाहरुका लागि जवाफ भएको उनले बताए। 

'राष्ट्रिय स्वाधिनता हर नेपालीका लागि प्रिय विषय हो। यो सरकार कुनै पनि गलत सम्झौता गर्न सक्दैन,' मन्त्री शर्माले भने।

अहिलेको सरकार प्रतिगमनविरुद्ध बनेको बताउँदै उनले एमालेलाई पनि छलफलमा सहभागी गराएर एमसीसी पास गराउने प्रयास भइरहेको जानकारी दिए।

'केवल नेपालको विकासका लागि मात्र सरकार प्रयत्नशील रहेको छ। हाम्रो सामाजिक अवस्थामा पनि तीन खम्बे अर्थनीति हामीले अगाडि बढाएका छौं। यो सरकार प्रतिगमनका विरुद्ध बनेको हो,' उनले भने।

उनले नेपाललाई शान्ति क्षेत्रका रुपमा अघि बढाउन खोजेको बताए। नेपालको संविधानभन्दा माथि सम्झौता नरहेको उनको दावी थियो।

'सबैसँग समान व्यवहार हाम्रो नीति हो। नेपाललाई शान्ति क्षेत्रका रुपमा अघि बढाउन चाहन्छौं। राष्ट्रिय महत्वका विषयलाई राष्ट्रिय सहमतिका साथ अघि बढाउन चाहन्छौ,' उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell