PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

पल्सर स्पोर्टस् अवार्ड चैत ८ गते



पहिलोपोस्ट

पल्सर स्पोर्टस् अवार्ड चैत ८ गते

काठमाडौं: नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनमा हरेक वर्ष हुँदै आएको पल्सर स्पोर्ट्स अवार्ड चैत ८ गते आयोजना हुने भएको छ। एनएसजेएफले आज पत्रकार सम्मेलन गर्दै हंशराज हुलाशचन्द एण्ड कम्पनीको मुख्य प्रायोजनमा ८ वटा विधामा अवार्ड प्रदान गर्न जनाएको छ।

यसपाली सर्बोत्कृष्ट दशक पुरुष खेलाडी, सर्बोत्कृष्ट दशक महिला खेलाडी, सर्बोत्कृष्ट दशक प्रशिक्षक, पारा एथ्लिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड र पिपल्स च्वाइस अवार्ड गरी ८ विधा रहेका छन्। दशक अवार्ड भएका कारण सर्बोत्कृष्ट युवा खेलाडीको विधा भने यो वर्ष समावेश गरिएको छैन।

दशक खेलाडी, महिला, प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका खेलाडीलाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ। अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर दिइने आयोजकको विज्ञप्तिमा जनाइएको छ।

कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीको अध्यक्षतामा अवार्ड मूल आयोजक समिति र सचिव गोविन्द रेग्मीको संयोजकत्वमा खेलाडी छनोट समिति गठन गरिएको छ।

यो अवार्ड २०६० सालदेखि मञ्चले निरन्तर गर्दै आएकोमा २०७२ सालमा आएको विनासकारी भूकम्पका कारण एक वर्ष रोकिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell