PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

अन्ततः एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन, ३१ महिनापछि भयो पारित



पहिलोपोस्ट

अन्ततः एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन, ३१ महिनापछि भयो पारित

काठमाडौं : अमेरिकी सम्झौता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधि सभाबाट पारित भएको छ। व्याख्यात्मक घोषणा समेत थप गरेर प्रतिनिधिसभाबाट सम्झौता अनुमोदन भएको हो। 

अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्तावमा सम्झौता ध्वनि मतले स्वीकृत भएको हो। 

सम्झौताको पक्षमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले मत दिएका छन्। राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राप्रपाले विपक्षमा मत दिए। 

सभामुखविरुद्ध आन्दोलनमा रहेको एमाले भने मतदान प्रक्रियामा सहभागी भएन। 

अनुमोदनसँगै सम्झौता अब कार्यान्वयनमा आउनेछ। ३१ महिनादेखि सम्झौता प्रतिनिधि सभामा विचाराधीन थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell