PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

संसदमा भीम रावललाई गगन थापाको चुनौती : अमेरिकी सेना आए नागरिकता खोसियोस्, थानकोट कटाइयोस्



पहिलोपोस्ट

संसदमा भीम रावललाई गगन थापाको चुनौती : अमेरिकी सेना आए नागरिकता खोसियोस्, थानकोट कटाइयोस्

काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधि सभाबाट पारित भएको छ। परियोजनालाई लिएर लामो विवादपछि आज व्याख्यात्मक टिप्पणीसहित बहुमतले पारित भएको हो।

संसद्को आजको पहिलो बैठकमा एमसिसी सम्झौताको सैद्धान्तिक पक्षमाथि छलफल भएको थियो। दोस्रो बैठकमा सरकारले व्याख्यात्मक टिप्पणी पेश गरेको थियो। उक्त टिप्पणीमाथि बोल्दै नेपाली कांग्रेसका सांसद गगन थापाले एमसीसी लागू भए अमेरिकी सेना आउँछ भनेर भन्नेहरुलाई चुनौती दिएका छन्।

उनले नक्कली राष्ट्रवाद र देशभक्त बीच फरक छुटाउन बेला आएको भन्दै भने, ‘यसलाई राष्ट्रघाती भनिएको छ। यो सम्झौताका कारण स्वाधीनता तलमाथि हुन्छ भनिएको छ। कहिँकतै तलमाथि भयो भने नेपालले जे ब्यहोर्छ म हस्ताक्षर गर्ने सांसद भएर सरी भनेर मात्र पाउँदिन।’

उनले सडकमा हल्ला चले जस्तो पाँच वर्षमा अमेरिकी सेना आउने, अमेरिकी कानुन लागू हुने, सम्पत्ति लुटिने जस्ता सावित भए आफ्नो नागरिकता खोस्न समेत भने।

‘म काठमाडौंको सांसद हुँ। थानकोट कटाइयोस्, नागरिकता खोसियोस्। चार पाटा मुडियोस्। सम्पत्ति विवरण बुझाएको छु। सम्पत्ति खोसियोस्।’

उनले नेकपा एमालेका सांसद भीम रावललाई दोहोरो चरित्र नदेखाउन समेत आग्रह गरे। रावल उपप्रधानमन्त्री हुँदा एमसीसीबारे निर्णय भएको अवगत गराउँदै उनले भने, ‘ सडकमा बहस गर्ने कि संसदमा ? अछाममा बहस गर्ने कि काठमाडौंमा म तयार छु।’

सम्बन्धित समाचार : एमसीसीको व्याख्यात्मक घोषणालाई भीम रावलले भने, ‘भ्रामात्मक घोषणा र ठगपत्र’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell