PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

माओवादी केन्द्रकै समर्थनमा एमसीसी पारित भएपछि नारायणकाजीले भने : कालो दिन



पहिलोपोस्ट

माओवादी केन्द्रकै समर्थनमा एमसीसी पारित भएपछि नारायणकाजीले भने : कालो दिन

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आजको दिनलाई ‘कालो दिन’ दिनको संज्ञा दिएका छन्।

प्रतिनिधिसभाबाट व्याख्यात्मक टिप्पणी सहित अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन पारित भएपछि सामाजिक संजालमार्फत उनले आजको दिनलाई कालो दिन भनेका हुन्। उनले व्याख्यात्मक टिप्पणीबाट भ्रम छर्न खोजिएको समेत बताएका छन्।

‘व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गराई छाडे। आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन्,’ उनले भने।

 

श्रेष्ठकै पार्टीको समर्थनमा आज प्रतिनिधिसभाबाट एमसीसी पारित भएको हो। एमसीसीलाई लिएर आइतवार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व स्थायी कमिटीका सदस्यहरुसँग परामर्श गरेका थिए। त्यसक्रममा श्रेष्ठ सहित केही नेताहरुले व्याख्यात्मक टिप्पणी सहितको प्रस्ताव आफूहरुलाई स्वीकृत नहुने जनाएका थिए।

प्रचण्डले पार्टी भित्र केही असन्तष्टि बिच एमसीसीलाई प्रतिनिधिसभाबाट पारित गराएका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell