PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

चेल्सीलाई हराउँदै लिभरपुलले जित्यो कारवाओ कपको उपाधि



पहिलोपोस्ट

चेल्सीलाई हराउँदै लिभरपुलले जित्यो कारवाओ कपको उपाधि

चेल्सीलाई हराउँदै लिभरपुलले कारबाओ कपको उपाधि जितेको छ। वेम्बली स्टेडियममा सम्पन्न फाइनल खेलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा हराउँदै लिभरपुल च्याम्पियन बनेको हो।

निर्धारित समयसम्म दुबै टोलीले गोल गर्न नसक्दा गोल अतिरिक्ति समयसम्म पुगेको थियो। चेल्सीका तीनवटा गोल रेफ्रीले अफसाइड करार दिएका थिए भने दुईवटा सुनौला अवसरमा म्यासन माउन्ट चुकेका थिए। अर्कोतर्फ लिभरपुलले पनि केही सुनौला अवसर बनाएको थियो। जोएल माटिपको गोल रेफ्रीले अफसाइड दिएका थिए।

तर, अतिरिक्त समयमा पनि दुबै टोलीले गोल गर्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुग्यो। पेनाल्टी सुटआउटमा लिभरपुलले १०-११ ले खेल आफ्नो पक्षमा पार्‍यो। चेल्सीका  केपा एरिजाबालगाले पेनाल्टी मिस गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell