PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बार्सिलोनाको फराकिलो जित



पहिलोपोस्ट

बार्सिलोनाको फराकिलो जित
Photo: Laliga

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ। क्याम्प नाउ स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले ४-० गोलअन्तरको फराकिलो जित निकालेको हो।

खेलको ३७ औं मिनेटमा पिअरे एम्रिक औबुमेयाङको गोलमा अग्रता बनाएको बार्सिलोना पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा ओस्माने डेम्बेलेले बार्सिलोनाको अग्रता दोब्बर बनाए। उनले खेलको ७३ औं मिनेटमा लुक डी जोङको पासमा गोल गरेका थिए। ९० औं मिनेटमा डी जोङले गोल थप्दा इन्ज्युरी समयमा मेम्फिस डिपेले गोल गरेका थिए। पछिल्ला दुई गोलमा डेम्बेलेले असिस्ट गरेका थिए।

त्यस्तै गएराति नै सम्पन्न ला लिगाका अन्य खेलमा भिल्ला रियलले स्पानोयलमाथि ५-१ गोलअन्तरले जित निकाल्दा सेभियाले रियल बेटिसलाई २-१ गोलअन्तरले र रियल सोसिडाडले ओसासुनाले १-० गोलअन्तरले हरायो।

जितसँगै ४५ अंक जोडेको बार्सिलोना शीर्ष चारमा उक्लिएको छ। ला लिगाको शीर्ष तीनमा क्रमश ६०, ५४ र ४६ अंक जोडेका रियल मड्रिड, सेभिया र रियल बेटिस छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell