PahiloPost

Sep 1, 2026 | १६ भदौ २०८३

पुरानै 'फर्म'मा फर्किँदै पशुपति, शिवरात्रि नजिकिँदा देखियो यस्तो चहलपहल

पुरानै 'फर्म'मा फर्किँदै पशुपति, शिवरात्रि नजिकिँदा देखियो यस्तो चहलपहल

प्रवीण रानाभाट/पहिलोपोस्ट


मंगलवार शिवरात्री। कोरोना महामारीको त्रास कम भएसँग यसपटक पशुपतिनाथ परिसरमा शिवरात्री मनाउन साधुसन्त, जोगी र महन्थ जम्मा हुन थालेका छन्।

कोरोनाका कारण अघिल्ला वर्षहरुमा झन्डै सुनसान बनेको पाशुपत क्षेत्रको रौनक फर्किएको छ। तीर्थालुको भिड र सानासाना व्यापार गर्नेहरुको कारोवार पनि बढ्दो देखिन्छ। जोगी, सन्यासीहरु अघिल्ला वर्षहरुमाभन्दा बढ्न थालेका छन्। कोरोना भुल्दै जाँदा यस क्षेत्रमा चमक बढ्दो छ। साधुसन्तको आगमन देख्दा यस वर्षको शिवरात्री पुरानै 'फर्म'मा देख्न सकिने छ।

पशुपतिमा शिवरात्री मनाउन आइपुगेका जोगी आफ्नै धुनमा देखिन्छन्। कोही गाँजा तानिरहेका त कोही डमरु बजाइरहेका। साधुसन्तको दर्शन र आशीर्वाद लिन पनि कतिपय पशुपति पुग्ने गर्छन्। हेरौं यसपटकको दृश्य:



ट्रेन्डिङ पोस्ट

Ncell