PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

नयाँ बानेश्वर संसद भवन अगाडि 'नो एमसीसी' लेखिएको शंकास्पद बस्तु, सुरक्षाकर्मीको टोलीले अनुसन्धान गर्दै

नयाँ बानेश्वर संसद भवन अगाडि 'नो एमसीसी' लेखिएको शंकास्पद बस्तु, सुरक्षाकर्मीको टोलीले अनुसन्धान गर्दै

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नयाँ बानेश्वरस्थित संसद भवन अगाडि शंकास्पद बस्तु फेला परेको छ।

संसद भवनको १ नम्बर गेट अगाडि बिच सडकमा प्रेसर कुकरमा नो एमसीसी लेखेको शंकास्पद बस्तु फेला परेको हो। शंकास्पद बस्तु भेटिएपछि अहिले सुरक्षाकर्मीले त्यहाँको बाटो बन्द गरेर अनुसन्धान गरिरहेको छ।

बुधवार संसदबाट एमसीसी पारित भएपछि आन्दोलनरत केही पार्टीले आज नेपाल बन्दको आह्वान गरेका छन्। बन्द भनिए पनि काठमाडौं उपत्यकाको अवस्था भने सामान्य दिनभन्दा फरक छैन।

बन्दको प्रभाव नदेखिएपछि देशका केही स्थानमा यस्ता शंकास्पद बस्तु फेला परेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell