PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

एमसीसी प्रकरणमा 'फेस सेभ' भए पनि प्रचण्डलाई चिन्ता 'ड्यामेज कन्ट्रोल'को 



पहिलोपोस्ट

एमसीसी प्रकरणमा 'फेस सेभ' भए पनि प्रचण्डलाई चिन्ता 'ड्यामेज कन्ट्रोल'को 

काठमाडौं : आइतवार प्रतिनिधिसभाबाट अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीए) कम्प्याक्ट प्रतिनिधिसभाबाट पारित भएपछि सबैभन्दा बढी 'ड्यामेज' नेकपा माओवादी केन्द्रको खातामा परेको छ। 

आइतवार बिहानसम्म सडकमा कार्यकर्तालाई उचालेर 'नो एमसीसी' नारा उरालिरहेका थियो - माओवादी केन्द्रले। एकातिर सडकमा कार्यकर्ताहरु 'नो एमसीसी' भनिरहे, अर्कातिर पार्टीभित्रकै नेताहरु सार्वजनिक रुपमा एमसीसीको विरोधमा उत्रिरहे। त्यही बिचमा प्रचण्डले एमसीसी पास गर्ने सहमति गरे। अन्तिममा पार्टीलाई एमसीसीको पक्षमा उभ्याए। आठौं महाधिवेशन सकिएको २ महिना नबित्दै पारित भएको पार्टीको दस्तावेज लत्याएको आरोप पनि नेकपा माओवादी केन्द्रमाथि थोपरियो।  

त्यतिमात्र होइन, स्थानीय स्तरबाट कार्यकर्ता पार्टी छाडेको घोषणा सामाजिक सञ्जालबाट सार्वजनिक हुनुले पनि माओवादी केन्द्र र प्रचण्ड तनावको अवस्थामा पुगेका छन्। 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्यही 'ड्यामेज कन्ट्रोल'का लागि प्रयास थालेका छन्। उनले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन मार्फत् पार्टी कार्यकर्ताहरुलाई सम्बोधन गर्ने तयारी गरेका छन्। 

प्रचण्डको सचिवालय देश गम्भीर राजनीतिक दुर्घटनाबाट बचेँको प्रतिक्रिया दिएको छ। 

प्रचण्डका स्कीय सचिव रमेश मल्लले भनेका छन् - 'म दृढतापुर्वक भन्छु देश गम्भीर राजनीतिक दुर्घटनाबाट बचेको छ। नेतृत्वले साहस र विवेक प्रयोग गरेर यो निर्णयमा ल्याइपुर्‍याएको छ। भावनात्मक आवेग र सीघ्र प्रतिक्रियाको पछि नकुदौँ। 'ड्यामेज कन्ट्रोल'को नीति लिँदै परिस्थितिलाई सम्हालौ।'

त्यस्तै प्रचण्डकी स्वकीय सचिव तथा उनकी छोरी गंगा दाहालले पनि अध्यक्ष प्रचण्डले भ्रम चिर्नका लागि कार्यकर्तालाई सम्बोधन गर्ने जानकारी दिएकी छिन्। उनले एमसीसी लगायतका विकसित राजनीतिक घटनाक्रमका बारेमा सम्बोधन गर्ने जानकारी दिएकी छन्। उनले देशसँगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट बचेको  प्रतिक्रिया दिएकी छन्।

'पार्टी नेतृत्वलाई विश्वास गरौं किन भने देश र जनताको हित बाहेक नेतृत्वको अरु कुनै स्वार्थ छैन। धेरै विचार र विवेक पुर्‍याएर आजको यो निर्णयमा पुगिएको हो। संयमित भएर परिस्थितिको गाम्भीर्यतालाई बुझौं। नेता कार्यकर्ता तहमा नेतृत्वको बिरुद्ध केही भ्रम पैदा गराउन खोजिएको छ सचेत होऔं,' उनले फेसबुकमा लेखेकी छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell