PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

नयाँ बानेश्वरमा भेटिएको शंकास्पद बस्तु 'होक्स' मात्रै ! झुक्याउन राखेको प्रेसर कुकरले दिएको तनावका दृश्य

नयाँ बानेश्वरमा भेटिएको शंकास्पद बस्तु 'होक्स' मात्रै ! झुक्याउन राखेको प्रेसर कुकरले दिएको तनावका दृश्य

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नयाँ बानेश्वरस्थित संसद भवन अगाडि शंकास्पद बस्तु  'होक्स' रहेको पुष्टि भएको छ। नेपाली सेनाको डिस्पोजल टोलीले गरेको अनुसन्धानमा हुक्स मात्र देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए।

संसद भवनको १ नम्बर गेट अगाडि सडकमा प्रेसर कुकरमा नो एमसीसी लेखेको शंकास्पद बस्तु फेला परेको थियो। शंकास्पद बस्तु भेटिएपछि अहिले सुरक्षाकर्मीले त्यहाँको बाटो बन्द गरेर अनुसन्धान गरेको थियो।

बुधवार संसदबाट एमसीसी पारित भएपछि आन्दोलनरत केही पार्टीले आज नेपाल बन्दको आह्वान गरेका छन्। बन्द भनिए पनि काठमाडौं उपत्यकाको अवस्था भने सामान्य दिनभन्दा फरक छैन।

बन्दको प्रभाव नदेखिएपछि देशका केही स्थानमा यस्ता शंकास्पद बस्तु फेला परेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell