PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

युक्रेनमा भिडन्त जारी रहँदा २४४ नेपाली सुरक्षित गन्तव्यमा पुगे



पहिलोपोस्ट

युक्रेनमा भिडन्त जारी रहँदा २४४ नेपाली सुरक्षित गन्तव्यमा पुगे
Photo : Agnieszka Pikulicka-Wilczewska/Al Jazeera

रसियाले युक्रेनमाथि आक्रमण गरेसँगै नेपाल सरकारले त्यहाँ रहेका नेपालीहरुलाई सम्पर्कमा आउन र सुरक्षित स्थानमा बस्न आग्रह गरिरहेको छ। रसियाली सेना युक्रेनको राजधानी कीभ पुगिसकेको अवस्था र सडकमा भिडन्त भइरहँदा २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ले नेपाली सुरक्षित रुपमा गन्तव्यमा पुगेको जनाएको हो।

एक प्रेस विज्ञप्ति जारी गर्दै समितिले युक्रेन छाडेर पोल्याण्डामा ६०, स्लोभाकिया र रोमानियामा १२-१२, हङ्गेरीमा चार र माल्डावामा दुईजना सकुशल पुगेका जनाएको हो। सुरक्षित गन्तव्यमा जाने क्रममा पोल्याण्डको सीमामा १३०, स्लोभाकियाको सीमामा १२, रोमानियाको सीमामा १० र माल्डावाको सीमामा दुई नेपालीहरु दोस्रोमूलुक जान रोकिएका छन्। उनीहरुले आज साँझसम्म सीमा पार गर्न सक्ने अनुमान गरिएको छ।

गैरआवासीय नेपाली संघ युक्रेनका अनुसार युक्रेनभित्र ४० नेपाली परिवार स्थायी रुपमा बसोबास गर्दै आएका छन्।

उच्चस्तरीय समितिका अध्यक्ष जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा आइतबार बसेको बैठकले युद्धका कारणले विस्थापित नेपालीलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो। बैठकमा राजदूत खड्काले युक्रेनबाट विस्थापित ३४ नेपालीलाई दूतावासले यात्रा अनुमतिपत्र जारी गरेको जानकारी गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell