PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

'आर्मी गट ट्यालेन्ट २०७८' : पाँच विधातर्फ उत्कृष्ट ६ जना भए पुरस्कृत



पहिलोपोस्ट

'आर्मी गट ट्यालेन्ट २०७८' : पाँच विधातर्फ उत्कृष्ट ६ जना भए पुरस्कृत
Photo : NEPAL ARMY

काठमाडौं: नेपाली सेनाद्वारा आयोजित 'आर्मी गट ट्यालेन्ट २०७८' प्रतियोगिता सम्पन्न भएको छ। सेना दिवसको अवसरमा आइतवार आयोजित   प्रतियोगितामा पाँच विधातर्फ उत्कृष्ट छ जना विजेता घोषित भएका छन्।

नृत्यतर्फ नुदराज अधिकारी, लाइभ म्युजिक(र्‍याप) र बि बोइङ डान्सतर्फ विशाल थापा मगर, गायनतर्फ धनजित राई र राजकुमार आ.म, पेन्टिङतर्फ युवराज रोक्का र बाध्य बाधनतर्फ सरोज परियार विजेता घोषित भए।

विजेताहरूले प्रधान सेनापति महारथी शर्माले ट्रफी र प्रमाणपत्रसहित ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरेका थिए। साथै अन्य बाँकी ५ जना प्रतियोगीहरुलाई भने सान्त्वनारुवरुप नगद १० हजार दिइएको थियो।

नेपाली सेनाका सकलदर्जामा रहेका प्रतिभा पहिचान र प्रेरणा दिने उद्धेश्यले यो प्रतियोगिता आयोजना गरिएको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell