PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

रसियाली आक्रमणको क्रममा नष्ट भयो संसारकै सबैभन्दा ठूलो विमान ‘म्रिया’



पहिलोपोस्ट

रसियाली आक्रमणको क्रममा नष्ट भयो संसारकै सबैभन्दा ठूलो विमान ‘म्रिया’
Photo: CNN

विश्वको सबैभन्दा ठूलो विमान एन्टोनोभ एएन-२२५ युक्रेनमा रसियाली आक्रमणको क्रममा नष्ट भएको छ। युक्रेनी अधिकारीहरूले यसको पुष्टि गरेको सीएनएनले उल्लेख गरेको छ।

युक्रेनी भाषामा ‘म्रिया’ अर्थात ‘सपना’ नामको विशाल विमान रसियाली सेनाले आक्रमण गर्दा कीभ नजिकैको विमानस्थलमा पार्क गरी राखिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। उनीहरूले आक्रमणका क्रममा विमान नष्ट भएको र त्यसको पुनर्निर्माण गर्ने पनि बताएका छन्।

‘रसियाले हाम्रो 'म्रिया'लाई नष्ट गरेपनि उनीहरूले हाम्रो बलियो, स्वतन्त्र र लोकतान्त्रिक युरोपेली राज्यको सपनालाई कहिल्यै नष्ट गर्न सक्ने छैनन्। हामी विजयी हुनेछौँ,’ युक्रेनी विदेशमन्त्री डिमिट्रो कुलेबाले ट्विटरमा लेखेका छन्।

 

विमान नष्ट भएको बारे कुनै स्वतन्त्र निकायले भने पुष्टि गरेको छैन। एन्टोनोभ कम्पनीले एक ट्विटमार्फत विज्ञहरूले निरीक्षण नगरेसम्म विमानको ‘प्राविधिक अवस्था’ यकिन गर्न नसकिने बताएको छ।

 

एन्टोनोभको व्यवस्थापन गरिरहेको युक्रेनी राज्य सुरक्षा कम्पनी ‘युक्रोबोरोनप्रोम’ले आइतवार एक विज्ञप्ति जारी गर्दै विमान नष्ट भएको तर रसियाको खर्चमा पुनर्निर्माण गर्न सकिने बताएको छ। जसको लागत ३ अर्ब डलर राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell