PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

'फ्लाएर्स फिल्म अवार्ड' विराटनगरमा आयोजना हुने



पहिलोपोस्ट

 'फ्लाएर्स फिल्म अवार्ड' विराटनगरमा आयोजना हुने

काठमाडौं: पहिलो ‘फ्लाएर्स फिल्म अवार्ड–०७९’ आयोजना हुने भएको छ। आगामी बैशाख २४ गते आयोजना हुने कार्यक्रममा २१ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।

ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बइको डिजाइनमा यो अवार्ड गर्न लागेको हो। अवार्डको पहिलो संस्करण विराटनगरमा सम्पन्न हुनेछ।

विराटनगरमा नेपाली फिल्मको चहलपहल बढाउन अवार्ड गर्न लागेको आयोजक संस्थाका संयोजक साइमन राजवंशीले जानकारी दिए। उनले भने,‘विराटनगरजस्तो ठूलो शहरमा समेत नेपाली फिल्मको बजार उच्च छैन। कतिपय राष्ट्रियस्तरका कलाकारलाई समेत दर्शकले चिन्दैनन्। त्यसैले यो अवार्डले नेपाली फिल्म तथा कलाकारप्रति दर्शकको अभिरुचि बढाउने विश्वास लिएका छौ।’

अभिनेता सरोज खनालले नेपाली फिल्मको विकासमा यो अवार्डले टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। त्यसैगरि अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले विराटनगरमा आयोजना हुन लागेको अवार्डले नेपाली चलचित्रको बजार र कलाकारको मनोबल बढाउने आशा व्यक्त गरिन्।

उक्त समारोहमा विभिन्न २१ विधामा अवार्ड प्रदान गरिनेछ। जसमा २०७६,२०७७ र २०७८ चैत्र भित्र प्रदर्शन भएका फिल्महरु सहभागी हुन पाउनेछन्। अवार्डको उत्कृष्ट ५ मनोनयन केही समयपछि सार्वजनिक गरिने समेत आयोजकले जनाएको छ।         



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell