PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

कर्णाली प्रदेश सभामा एमालेको अवरोध



पहिलोपोस्ट

कर्णाली प्रदेश सभामा एमालेको अवरोध

सुर्खेत : कर्णाली प्रदेश सभाको नवौँ अधिवेशनको दशौँ बैठकमा प्रमुख प्रतिपक्षदले नेकपा एमालेले सरकारसँग भएको सात बुँदे सहमति कार्यान्वयनको जानकारी माग्दै अवरुद्ध गरेको छ।

प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक गुलावजंग शाहले यसअघि प्रदेश सरकारसँग भएको सात बुँदे सहमति कार्यान्वयन नभएको भन्दै जानकारी माग गरे। संसदमा जानकारी नभएसम्म बैठक अगाडि बढ्न नसक्ने भन्दै संसद अवरुद्ध गरेका हुन्।

प्रमुख सचेतक शाहले संसद बैठकको सुरुमा विपक्षी दलको नेताले बोल्न पाउनुपर्ने भन्दै प्रक्रियाका बारेसमेत स्मरण गराए।

'पहिलो पटक विपक्षी दलको नेताको धारणा राख्‍ने र अरु प्रक्रिया हुने चलन थियो। बिचमा छुटेको जस्तो लाग्छ,’उनले भने, ‘यसअघि संसदमा धेरै उठाउँदै आएको, सरकारसँग भएको सातबुँदे सम्झौता, हामीले बारम्बार उठाउँदै आएको विषयमा अहिलेसम्म लिखित प्रतिवद्धता वा जानकारी नभएकाले आज पनि भन्छौं कि त्यो कारवाहीको बारेमा जानकारी सदनमा नआएसम्म, यो कुरा कसरी अगाडि बढ्न सक्छ? यही अगाडि उठेर जानकारी माग्न चाहान्छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell