PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

कैलाली कांग्रेस सभापतिको टुंगो दोस्रो चरणको निर्वाचनबाट, अब संस्थापन भर्सेस संस्थापन



पहिलोपोस्ट

कैलाली कांग्रेस सभापतिको टुंगो दोस्रो चरणको निर्वाचनबाट, अब संस्थापन भर्सेस संस्थापन

कैलाली : नेपाली कांग्रेस कैलालीको जिल्ला सभापति चयनका लागि सम्पन्न पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले मत ५० प्रतिशत भन्दा बढी मत कटाउन सकेनन्। अब सभापति चयनका लागि फेरि दोस्रो चरणको मतदान हुने भएको छ।

जिल्ला अधिवेशनअन्तर्गत आज भएको मतगणनामा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान हुने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले बताए।

पहिलो चरणको मतगणनाअनुसार संस्थापनका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी मत पाएका छन्। उनले १ हजार १६९ मत पाए। संस्थापन तर्फकै अर्का उम्मेदवार नारायणदत्त भट्टले १ हजार ७२ र संस्थापन इतरका रामबहादुर कलेलले १९७ मत पाएका छन्। अब पहिलो चरणमा पहिलो भएका बम र दोस्रो भएका भट्टबिच सभापतिका लागि दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell