PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

युक्रेनका लागि 'महत्वपूर्ण दिन' : बेलारुसमा वार्ता गर्दै युक्रेन र रसियाका प्रतिनिधि



पहिलोपोस्ट

युक्रेनका लागि 'महत्वपूर्ण दिन' : बेलारुसमा वार्ता गर्दै युक्रेन र रसियाका प्रतिनिधि
Photo : Foreign Ministry of Belarus handout via Anadolu

युद्धरत् रसिया र युक्रेनबिच वार्ता सुरु भएको छ। रसियाले पूर्वी युक्रेनको दुई विद्रोही क्षेत्रलाई ‘स्वतन्त्र राज्य’ घोषणा गरेसँगै सुरु भएको युद्धको पाँचौ दिनमा दुई देश आमनेसामने बस्दै छलफलमा जुटेका हुन्।

बेलारुसमा युक्रेन र रसियाका प्रतिनिधिबिच वार्ताको भइरहेको हो। त्यसक्रममा युक्रेनले रसियासँग युद्धविराम र सेना फिर्ता हुनुपर्ने शर्त राखेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।

बिहीवार बिहानबाट रसियालेले युक्रेनमा सैन्य कारवाही सुरु गरेको थियो। रसियाली सैनिक युक्रेनको राजधानी कीभमा नै पुगिसकेका छन्। कीभसँगै अन्य क्षेत्रमा अहिले रसियाली र युक्रेनी सेनाबिच भिडन्त जारी छ। युक्रेन सरकारले आफ्नो भूमि बचाउन युक्रेनी नागरिकलाई नै हतियार दिएको छ। जसकारण नागरिकहरु हतियार सहित आआफ्नो शहरमा गस्ती गरिरहेका छन्।

युक्रेनले रसियाको आक्रमणका कारण हालसम्म ३५० जना भन्दा बढी मृत्यु भइसकेको जनाएको छ। युक्रेनी स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा १४ जना बालबालिका समेत छन्।

रसियाका राष्ट्रपति भ्लादमीर पुटिनले ‘न्यूक्लियर फोर्स’ लाई ‘हाइ अलर्ट’मा रहन निर्देशन दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। युक्रेनी राष्ट्रपति भोलोदमीर जेलेन्स्कीले आजको दिन आफूहरुका लागि निकै ‘महत्वपूर्ण’ रहेको बताएका छन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell